आरआर क्याम्पसमा चैत २७ मा स्ववियु निर्वाचन गर्ने सर्वपक्षीय सहमति
काठमाडाैं | चैत १९, २०७९
काठमाडौँ: रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैत २७ गते हुने भएको छ ।
आइतबार सकेको सर्वपक्षीय बैठकमा चैत २७ गते स्ववियु निर्वाचन गर्ने सहमति जुटेको नेविसंघका नेता अशोकसिंह विष्टले बताए । विद्यार्थी संगठनको विवादले चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो ।
स्ववियु निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरूले गत फागुन २७ गतेदेखि आरआर कलेजमा ताला लगाएका थिए । अनेरास्ववियु (एमाले) लाई फाइदा पुग्नेगरी निर्वाचन अधिकृतले काम गर्दै आएको भन्दै उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आएका थिए । क्याम्पस प्रशासनले नयाँ निर्वाचन अधिकृत तोक्ने र विद्यार्थी भर्ना छानाविन गर्ने भएपछि चैत २७ मा निर्वाचन गर्ने सहमति भएको विष्टले बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

